बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

डिसी नेपाल
३१ असोज २०८२ १६:५०
16
Shares

सिमकोट, (हुम्ला) हुम्लाको नाम्खा गाउँपालिका६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ। हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो।

पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो। बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताउनुभयो। सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो।

सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन्। हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्येधिक बढ्दै गएको छ। यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.