छायाँनाथ र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध
मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नरपालिका र ललितपुर महानगरपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना गरेका छन्।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम र ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महार्जनबिच बिहीवार छायाँनाथ रारा नगरपालिकाको कार्यालयमा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले मुगुमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेको उल्लेख गर्दै काठमाडौं हुँदै मुगुको रारा ताल, छायाँनाथ धामसम्मको सडक निर्माण र यहाँको पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा पालिका बिच जोड भएमा यहाँका स्थानीयलाई आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताए।
काठमाडौंका धार्मिक तीर्थस्थल मुगुसम्म जोड्न सकियो भने भारतीय र तिब्बती पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको भन्दै उनले छायाँनाथ राराले त्यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको बताए।
भामका अनुसार नेपालको सबैभन्दा ठूलो र सुन्दर रारा ताल, त्यसैगरी विश्वका चार धाम मध्येको सबैभन्दा जेठो छायाँनाथ धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिकालाई भगिनी मैत्रीपूर्ण सम्बन्धका आधारमा सहकार्य गरिने उल्लेख गरिएको छ।
साथै मुगुको राराताल हुँदै छायानाथ धामसम्म पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
नगर प्रमुख भामले भने, ‘ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षको मङ्सिरदेखि पर्यटकीय क्षेत्र रारा ताल र जिल्लाको सदरमुकामसम्म दुई सय वटा सोलार लाइट जडान हुनेछन्।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार दुर्गम हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएर पर्यटन, विकास र सेवा प्रवाहका क्षेत्रमा अनुभव आदानप्रदान गर्न पाउँदा उत्साहित भएको बताउँदै सांस्कृतिक र जनस्तरको सम्बन्धलाई बन्नेमा विश्वस्त रहेको बताए।
दुवै पालिकाले स्थानीय उत्पादनको प्रवर्धन, बजार व्यवस्थापन, पर्यटन पूर्वाधारको विकास र धार्मिक सम्पदाको संरक्षणमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएका छन्।
धार्मिक पर्यटन प्रवर्धनमा नीति, योजना र कार्यान्वयनका विषयमा छलफल गरिने उल्लेख गरिएको छ। ललितपुर महानरपालिकाले मुगुको स्थानीय उत्पादनको प्रवर्धनमा त्यसैगरी धार्मिक र पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्नेगरी सहमति भएको छ।
ललितपुर महानगरपालिकाको टोली मुगुको पर्यटन र धार्मिक क्षेत्रको भ्रमणमा छ।







डिसी नेपाल








Facebook Comment