कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने गरि स्थगित
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कार्तिक १ गते शनिबार बस्ने गरि स्थगित भएको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगाएतले धारणा राखेका थिए। विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्नेगरि स्थगित गरिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा नेताहरुले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन्। बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, संसद बिघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठन लगाएतका बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको प्रवक्ता महतले बताए।
त्यस्तै निर्वाचनको मिति तय भएपनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगाएतका विषयमा पनि धारणा आएको उनको भनाइ छ।
कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरि तय गरिने उनले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment