वर्षा र पहिरोले क्षति पुगेका इलामका पालिकालाई प्राधिकरणको सहयोग

डिसी नेपाल
३१ असोज २०८२ १९:५४
24
Shares

काठमाडौं। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३३ औं बैठकले इलाममा सबैभन्दा बढि क्षति भएका पाँच पालिकालाई ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ। तत्काल सुचारु गर्नुपर्ने र अति आवश्यक सेवा प्रदान गर्न उक्त सहयोग गर्ने निर्णय भएको हो।

शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले जानकारी दिएका छन्।

उनले भने, ‘इलाममा सबैभन्दा बढि क्षति भएका पाँच वडा पालिकालाई ६० लाख, त्यसपछि ५० लाख र त्यसपछि ४० लाख तत्काल सुचारु गर्नुपर्ने अति आवश्यक सेवा सुचारु गर्न सहयोग प्रदान गर्ने निर्णय भएको छ।’

साथै, उनले ताप्लेजुङ्को मौवा खोलाको पहिरोको जोखिममा रहेको बस्तीलाई स्थायी रुपमा नै अन्य स्थानमा सार्ने निर्णय भएको पनि जानकारी दिएका छन्।

राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्र कसरी सञ्चालित गर्ने भन्ने हिसाबले बनाएको कार्यविधि पनि स्वीकृत भएको उनको भनाई छ।

सोही बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले पनि नेपाल एउटा विपद् जोखिमयुक्त देश भएको हुनाले यसलाई प्रभावकारी रुपमा कसरी सम्बोधन गर्ने, रणनीति कसरी बनाउने,संरचनागत सुधार गर्ने भन्ने विषयमा आगामी दिनमा थप छलफल गरेर निर्णयहरु लिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.