डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई
देवदह। देवदह प्रिमियर लिग (डिपिएल) को उपाधि पाकडी प्यान्थर्सले जितेको छ। शुक्रवार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले डिपिएल दास्रो सिजनको उपाधि रक्षा गरेको हो। पाकडी डिपिएल पहिलो सिजनको समेट विजेता टिम हो।
शुक्रवारको फाइनल खेलमा टस जितेर टटेराले दिएको ब्याटिङको निम्तोलाई स्वीकार्दै पाकडीले मात्र ३ विकेटको क्षतिमा १३४ रन बनायो। पाकडीका लागि सुरज चौधरीले ५४ बलमा ५७ रन प्रहार गरे । यस्तै रोसन गौतमले २५ रन, सागर काफ्लेले २० रन तथा निश्चल ज्ञवालीले १८ नटआउट रहे । टटेराको लागि डेभिड थापा र एजाज अहमदले ११ विकेट लिए।
जवाफमा १३५ रनको लक्ष्य सहित मैदानमा उत्रिएको टटेरा २० ओभरको समाप्तीमा ९ विकेटको क्षतीमा १११ रनमा समेटिएपछि खेल पाकडीले जितेको हो। टटेराको लागि सुरज सारुले ४६, रमेश राईले २० विभेस खातीले १६ तथा जितेन्द्र आरकले १४ रनको योगदान दिएपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन।
टटेरालाई जितबाट रोक्नको लागि पाकडीका बैजनाथ यादवले ४ विकेट, निश्चल ज्ञवालीले ३ तथा रोशन गौतमले २ विकेटको योगदान गरे । खेलमा सुरज चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।
फाइनल खेल सकिएसंगै विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुल मन्त्री सन्तोष कुमार पाण्डेले एक समारोहका बिच विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरे ।
प्रतियोगितामा विजेता बनेसँगै प्रथम हुने पाकडीले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टटेराले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने पाकडीका कप्तान प्रकाश भण्डारी प्लेयर अफ दि सिरिज घोषित भए । त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै २०४ रन जोड्ने टटेरा डाइनामाइटका डेभिड थापा उत्कृष्ट ब्याट्सम्यान बने । यस्तै प्रतियोगितामा सबैभन्दा धेरै १६ विकेट लिने टटेराकै विभेस खाती उत्कृष्ट बलर बन्न सफल भए ।
समापन समारोहमा सामाजिक विकास मन्त्री पाण्डे, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री लगाएतले बोल्दै खेलले युवाहरुमा अनुशासनको पाठ सिकाउने भन्दै खेलप्रति अग्रसर हुन आग्रह गरे ।
डिपिएल दोस्रो सिजनका सहयोगी संघसंस्था, तथा सहभागी सम्पूर्ण क्लवहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगाएतको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष सचिन कुमार श्रेष्ठको अध्यक्षता, प्रतियोगिता संयोजक गोपाल प्रसाद भण्डारीको स्वागत र रविवल्लभ रेग्मीको सञ्चालनमा समापन कार्यक्रम भएको हो ।







डिसी नेपाल








Facebook Comment