अन्तर्राष्ट्रिय बजारको रोजाइमा चिनियाँ फूलहरू
एजेन्सी । चीनमा पुष्प व्यवसायले अन्तर्राष्ट्रिय स्तरमै राम्रो प्रभाव जमाउँदै गएको छ। दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट आएका ताजा फूलहरूले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रभाव जमाएको हो।
नवीन कृषि प्रविधि र कुशल व्यवस्थापनका कारण पुष्प व्यवसायले राम्रो बजार विस्तार गरेको हो। लिजियाङ शहरको एउटा फूल औद्योगिक पार्क फूल उत्पादनको आकर्षणको केन्द्र बनिरहेको छ। जहाँ गुलाब, लिली र कार्नेशन प्रजातिका फूलहरूको उत्पादन अत्याधिक छ।
स्मार्ट प्रविधि र कुशल व्यवस्थापनका कारण फूलहरूलाई ५ देखि ८ डिग्री सेल्सियसको बीचमा सुषुप्त अवस्थामा भण्डारण गर्ने गरिएको छ। जसका कारण लामो समयसम्म टिकाउ हुने र आकर्षण कायम रहने गरेको छ।
चीनका उत्पादित फुलहरु हरेक दिन, प्रान्तभरबाट लाखौं डाँठहरू एशियाको सबैभन्दा ठूलो फूल लिलामी केन्द्र कुनमिङको डुनान फूल बजारमा पुर्याइन्छ, जहाँ व्यापारीहरूले फूलहरू किनबेच गर्ने गरेका छन्। कुनमिङको केन्द्रबाट फूलहरूको लागि विश्वभरका गन्तव्यहरूमा पठाउने गरिन्छ।
काजाकिस्तानदेखि जापानसम्म चिनियाँ फूल पुग्ने गरेको छ। युनान प्रान्तभरि २० भन्दा बढी काउन्टीहरूमा ताजा फूल उद्योगहरू छन्। (सीसीटीभीप्लस)







डिसी नेपाल







Facebook Comment