झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु

डिसी नेपाल
१ कार्तिक २०८२ १६:४६
12
Shares

रौतहट। रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। गरुडा नगरपालिका५ शिवनगर स्थित झाझ नदीमा नुहाउन गएका दुई बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो। नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पु¥याएका थिए।

तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ। यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.