कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित

डिसी नेपाल
१ कार्तिक २०८२ १७:३१
36
Shares

मुस्ताङ। नेपाल-चीनको सीमा कोरला नाका स्थित २४ नंम्बर सीमा स्तम्भ दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वार्टर मुस्ताङ र सशस्त्र प्रहरी अस्पताल पोखराको संयुक्त आयोजनामा शिविर संञ्चालन गरिएको हो।

समून्द्री सतहको ४६१० मिटर अग्लो उचाईमा अवस्थित कोरलानाकामा चिनियाँ सामान बिक्री गर्न बसेका स्थानीय व्यापारी, मजदुरका साथै कोरलानाका अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरी सशस्त्र स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मका मुस्ताङका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दि। शिविरबाट १२६ जना लाभान्वित भएको उको भनाइ छ

शिविरमा सशस्त्र प्रहरी अस्पताल पोखराबाट गएका चिकित्सक डा आर्कषा श्रेष्ठलगायतको पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मबाट तीन जना गरी आठ जनाको टोली खटिएको थियो टोलीले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.