चोरमारा बजारमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

डिसी नेपाल
१ कार्तिक २०८२ २१:००
52
Shares

नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३-०२-०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी–४ का ३४ वर्षीय नरेश चौधरी र उनका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए।

घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जनाउँदै उनले भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.