गलकोट नगरपालिकालाई अन्तरराष्ट्रिय बागलुङ समाज कपको उपाधि

डिसी नेपाल
१ कार्तिक २०८२ २३:०९
20
Shares

ढोरपाटन (बागलुङ)। बागलुङमा आयोजित अन्तरराष्ट्रिय बागलुङ समाज कप भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हात पारेको छ।

अन्तरराष्ट्रिय बागलुङ समाजको आयोजनामा भएको उक्त प्रतियोगितामा गलकोटले निसीखोला गाउँपालिकालाई ३–२ सेटले पराजित गरी उपाधि चुमेको हो। प्रतिस्पर्धात्मक खेलमा गलकोट पहिलो २६–२४, तेस्रो २५–२० र पाँचौँ २४–२२ ले जितेको थियो। निसीखोलाले भने दोस्रो २५–१७ र चौथो २६–२४ ले जितेको थियो । गलकोटले उपाधि जित्दै रु दुई लाख हात पारेको छ।

दोस्रो हुने निसीखोला गाउँपालिकाले रु एक लाख हात पारेको हो। तेस्रो हुने काठेखोला गाउँपालिकाले रु ५० हजार र सान्त्वना हुने ढोरपाटन नगरपालिकाले रु २५ हजार प्राप्त गरेको अन्तरराष्ट्रिय बागलुङ समाजका सचिव राजु थाले जानकारी दिए।

प्रतियोगितामा बागलुङका १० स्थानीय तहबाट दश टोलीको सहभागिता थियो। खेलमा सहभागी हुने सबै समूहले रु २५÷२५ हजार नगद पुरस्कार प्रदान गरेको सचिव थापाले बताए। समाजले अबदेखि हरेक दुई÷दुई वर्षमा प्रतियोगिता गर्ने थापाले जानकारी दिए।

प्रतियोगिता गत असोज २९ गतेदेखि सुरु भएको थियो। बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैरआवासीय नागरिकको संस्था अन्तरराष्ट्रिय बागलुङ समाजले जिल्लाभित्र अन्य सामाजिक कामसमेत गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.