विराट कोहलीको नाममा बन्यो लाजमर्दो रेकर्ड
काठमाडौं । भारतीय क्रिकेट टोलीले अस्ट्रेलियाको पर्थको अप्टस स्टेडियममा अष्ट्रेलिया विरुद्ध एकदिवसीय शृङ्खलाको पहिलो खेल खेलिरहेको छ । यो खेलमा विराट कोहली र रोहित शर्मा लामो समयपछि पुनः एकदिवसीय क्रिकेट खेलेका छन् ।
रोहित र कोहलीले अन्तिम पटक भारतको लागि २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्ड विरुद्ध खेलेका थिए, जुन फाइनल खेल थियो। यो केलमा भारतले न्युजिल्याण्डलाई हराएर उपाधि जितेको थियो।
आजको खेलमा भने रोहित र कोहली दुवैको प्रदर्शन निराशाजनक भयो । रोहित शर्माले १४ बलमा ८ रन बनाए भने कोहलीले ८ बलको सामना गरेर शून्यमा आउट भए ।
यससँगै विराट कोहलीले लज्जास्पद रेकर्ड बनाएका छन्। कोहली आफ्नो एकदिवसीय क्रिकेट करिअरमा अस्ट्रेलियामा खेल्दा कहिल्यै पनि शून्यमा आउट भएका थिएनन् । उनी अस्ट्रियामा खेल्दा शून्यमा आउट भएको यो पहिलो पटक हो । कोहलीले अस्ट्रेलियामा ३० एकदिवसीय इनिङ खेलेका छन्।







डिसी नेपाल








Facebook Comment