बुटवलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुटवल । बुटवलमा बसको ठक्करबाट सोमबार बिहान पैदलयात्रीको मृत्यु भएको छ।
लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा लु २ ख ४०९७ नम्बरको बसको ठक्करबाट पैदलयात्री कपिलवस्तुको विजयनगर गाउँपालिका–७, बडसुदुवा निवासी ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको हो।
यादवलाई ठक्कर दिने बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment