दलका नेतालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव

डिसी नेपाल
४ कार्तिक २०८२ १५:१९
28
Shares

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्।

उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखे। अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेताहरुलाई उस्तै-उस्तै नठान्न आग्रह समेत गरे।

उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगाएत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरु सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको उनले बताए। उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गरेर दोषिमाथि कडा कारवाही गर्नुपर्ने जिकिर गरे।

त्यसैगरि उनले जेनजी पुस्ताहरुको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानविन हुनुपर्ने धारणा राखे। संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैपनि गर्न नहुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.