तिहारको विशेषताः देउसी-भैलोको मौलिकता हराउँदै गएकोमा चिन्ता

डिसी नेपाल
५ कार्तिक २०८२ ७:१८
8
Shares

रौतहट। तिहार पर्वको अर्को आकर्षण भनेको देउसी-भैलोलाई नै लिइन्छ। तिहार सुरु हुनासाथ गाउँका बालबालिका, युवादेखि वृद्धवृद्धा सम्मले देउसी-भैलो खेल्न गर्छन्।

तर पछिल्ला वर्ष देउसी-भैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको प्रति समाजको अगुवाहरुको चिन्ता छ।

देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो।तर हिजो आज ¥याप, पप र हिन्दी गीतमा युवायुवतीले देउसी-भैलो खेल्दा बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन्।

आधुनिकताको नाममा देउसी भैलो भड्किलो हुँदै गएको प्रति दुःख लागेको चन्द्रनिगाहपुरका स्थानीय कृष्ण खड्काले बताए। केहि बर्ष अघि सम्म पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाएर मौलिकता परम्परा अनुसार खेल्ने चलन रहेको उनको भनाइ छ।

परम्परागत देउसी-भैलोलाई आधुनिकताले प्रभावित पारेकाले यसको जगेर्ना गर्नु पर्छ उनले भने। तर चन्द्रपुरमा रहेका केही समुहले देउसी-भैलोको कला संस्कृतीको संरक्षण लागी मात्र खेल्ने गरेको पाइएको छ।

नेपालमा देउसी-भैलोको आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि मध्यकालदेखि नै सुरु भएको किंवदन्ती छ। यो देउसी–भैलो खास गरी बली राजासँग सांस्कृतिक पक्ष जोडिएको मान्यता छ।

यमपञ्चक सुरु भएपछि देउसी-भैलो खेल्ने प्रचलन छ। तिहारलाई उज्यालो र देउसी–भैलोको पर्वको भएकाले यसको मौलिक परम्पराका बारेमा भावि पुस्तालाई समेत जानकारी दिन आवश्यक देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.