एनपीएल ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न

डिसी नेपाल
५ कार्तिक २०८२ १३:३०
24
Shares

हेटौडा नेपाल प्रिमियर लिग (एनपएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ

एनपएल ट्रफी परेडको अभियान सातै प्रदेशमा सञ्चालन गरिने क्यानको योजनाअनुसार कोशी प्रदेशबाट प्रारम्भ भएको परेड दोस्रो चरणमा मधेस प्रदेशको राजधानी जनकपुर हुँदै चितवन पार गर्दै हेटौंडामा आइपुगेको हो

हेटौडामा ट्रफी परेडको शुभारम्भ ऐतिहासिक भूटनदेवी मन्दिरमा पूजा अर्चना गरेर गरिएको थियो। त्यसपश्चात ट्रफीसहितको जुलुस नगरका प्रमुख स्थानहरू परिक्रमा गर्दै हेटौडा बजारको केन्द्र बुद्धचोकमा पुगेर समापन भएको हो

परेडमा चितवन राइनोज टिमका प्रतिनिधि, नेपाल क्रिकेट संघ मकवानपुरका पदाधिकारी, स्थानीय खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो

परेड सम्पन्न भएपछि ट्रफीलाई आगामी प्रदेशतर्फ पठाइने आयोजकले जानकारी दिएका छन्। क्यानले यस किसिमको ट्रफी परेडमार्फत एनपिएलप्रति जनचासो बढाउने लक्ष्य लिएको छ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने तयारिमा छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.