कुटपिटबाट युवकको मृत्यु

डिसी नेपाल
६ कार्तिक २०८२ १५:५१
88
Shares

भद्रपुर । यहाँस्थित बिर्तामोड नगरपालिका५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

गएराति बिर्तामोड५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.