गायिका नितु पौडेलको मृत्यु

डिसी नेपाल
७ कार्तिक २०८२ १३:३३
4.8k
Shares

काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.