काभा भलिबलमा नेपालको जित

डिसी नेपाल
७ कार्तिक २०८२ १८:३५

काठमाडौं। बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ।

बंगलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यस जितसँगै तीन खेलमा नेपालले चार अंक बटुलेको छ।

नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५-२१ जित्यो भने खेलको दोस्रो सेट २५-२३ ले हरायो। त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५-१८ ले आफ्नो पक्षमा पार्‍यो।

यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो। यही कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.