अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते
अर्घाखाँची । फोर्स गाडी दुर्घटनामा परी अर्घाखाँचीमा ९ जना घाइते भएका छन्। अर्घाखाँची छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो।
गाडीमा १५ जना सवार रहेकोमा ९ जना घाइते भएका छन्। घाइते दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
पाणिनी गाँउपालिका–८ पाली बस्ने चालक २७ वर्षीय बेलबहादुर मुखिया, अर्घाखाँची मालारानी–१ बस्ने ७० वर्षीय भोजराज भुसालको अवस्था गम्भीर रहेको जनाइएको छ।
त्यस्तै, छत्रदेव–७ बस्ने ६८ वर्षीया कमलादेवी पाण्डे, मालारानी–१ बस्ने ६० वर्षीया रिमा भुसाल, मालारानी–१ बस्ने ३५ वर्षीया सिता भुसाल, रुपन्देही जिल्ला बुटवल–१६ रानीगंज बस्ने ५५ वर्षीया कमला सुवेदी, अर्घाखाँची मालारानी–७ बस्ने १८ वर्षीया पूजा पाण्डे, उनकी छोरी २ वर्षीया पवित्रा पाण्डे, छत्रदेव–५ डाडाँचौपारी बस्ने २३ वर्षीया अञ्जना रसाइली घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।







डिसी नेपाल






Facebook Comment