चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै सपथको तयारी

डिसी नेपाल
९ कार्तिक २०८२ ९:४१
11.9k
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्। उनीहरूले शपथ साढे २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

यसअघि विभिन्न नाममा छलफल भएपनि अन्तिममा आएर उनीहरुको नाममा सहमति जुटेको हो। चार जना मन्त्री नियुक्ति भएपनि सरकारले अझै पूर्णता पाउन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.