जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
आगामी कार्तिक १९ र २० गते काठमाण्डौमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, सङ्गठनात्मक कार्ययोजना, निर्वाचनलगायतका विषय बैठकका एजेण्डा रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment