पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस

डिसी नेपाल
९ कार्तिक २०८२ २०:४०
776
Shares

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो।

सूचनामा भनिएको छ,ʻनेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या ५ (पाँच)मा बढुवा गर्न मिति २०८२।०७।०९ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।ʼ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.