नेपाल श्रीलंकासँग पराजित

डिसी नेपाल
१० कार्तिक २०८२ १८:१६
32
Shares

काठमाडौं। सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलंकासँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो। यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ। नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ।

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो। यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो। आज नेपाल श्रीलंकासँग पहिलो सेट १८-२५ ले पराजित भयो भने दोस्रो सेट, १७-२५ तथा तेस्रो सेट २०-२५ ले गुमायो।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाचौँ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.