सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।
गत आइतबार एकै दिन प्रतितोला ११ हजार छ सयले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो।
आज फेरि प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला ६० घटेर रू दुई हजार ९२० मा किनबेच हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment