निर्वाचन आयोगद्वारा आगामी निर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

डिसी नेपाल
११ कार्तिक २०८२ २२:०१
52
Shares

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गरी पर्यवेक्षण अनुमतिका लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक २६ गतेभित्र निवेदन दिन अनुरोध गरेको छ।

आयोगका अनुसार अन्तरराष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि निवेदन दिँदा [email protected] मार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन दिन सक्नेछन्। निवेदनको नमूना www.election.gov.np बाट डाउनलोड गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.