जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको समय खेर गइरहेको छ : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरूसँगको वार्तामा पूरै समय खेर फालिरहेको टिप्प्णी गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजी अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको समय खेर गइरहेको बताए।
उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ। पाँच हजार जेनजीहरू अहिले मन्त्री बन्न लाइनमा छन्। जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ। बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ।’
त्यस्तै उनले बालेन साहले अहिले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्छ भन्दै हिँडेको भन्दै एकदिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे।
‘बालेन साहले अहिले दुर्गा प्रसाईंलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ। यो बालेनको मात्र देश हो? हाम्रो होइन्? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिँडेका छन्। बालेन पनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर।’
त्यस्तै, उनले आगामि मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने दाबी गरेका छन्।







डिसी नेपाल






Facebook Comment