महिला फुटबल: नेपालसँग भारत पराजित

डिसी नेपाल
१२ कार्तिक २०८२ २०:५२
272
Shares

काठमाडौं। मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ।

भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा आज सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो। टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो।

नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन्। दोस्रो पेनाल्टी भने बाहिरिएको थियो।

त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो।

खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन्। त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.