विश्वकप सेमिफाइनलमा भारत-अस्ट्रेलिया दुवै देशका खेलाडी किन कालो पट्टी बाँधेर खेल्दैछन् ?

डिसी नेपाल
१३ कार्तिक २०८२ १६:१२
1.4k
Shares

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको आइसीसी महिला विश्वकप २०२५ को सेमिफाइनल खेलको क्रममा दुवै देशका खेलाडीहरूले कालो हातमा पट्टी बाँधेका छन् । खेल अहिले जारी छ ।

दुवै टोलीले १७ वर्षीय मेलबर्नका क्रिकेटर बेन अस्टिनलाई श्रद्धाञ्जली दिनको लागि यस्तो गरेका हुन् । बेनको नेटमा ब्याटिङ गर्दा दुर्घटनामा मृत्यु भएको थियो। यो दुखद घटनाले सम्पूर्ण क्रिकेट जगतलाई स्तब्ध बनाएको छ। खेलाडीहरूले मैदानमा उत्रिएर बेन अस्टिनलाई भावुक श्रद्धाञ्जली अर्पण गरे।

१७ वर्षीय युवा अस्ट्रेलियाली क्रिकेटर बेन अस्टिन मंगलबार दिउँसो मेलबर्नको फर्न्ट्री गलीस्थित वाली टु रिजर्भमा ब्याटिङ अभ्यास गरिरहेका थिए। नेटमा स्वचालित बलिङ मेसिनबाट बलको सामना गर्ने क्रममा हेलमेट लगाएका बेनको टाउको र घाँटीमा चोट लागेको थियो।

मेडिकल टोली तुरुन्तै घटनास्थलमा पुग्यो र अस्टिनलाई गम्भीर अवस्थामा मोनाश मेडिकल सेन्टर लगियो। डाक्टरहरूले उनको ज्यान बचाउन सक्दो प्रयास गरे तर अन्ततः उनको मृत्यु भयो।

बेनले खेलेको फर्नट्री गली क्रिकेट क्लबले पनि बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टि गर्दै समवेदना व्यक्त गरेको छ। बेनको मृत्युको केही घण्टापछि क्लबमा श्रद्धाञ्जलीस्वरूप फूल, कार्ड, मिठाई, पानीको बोतल र क्रिकेट ब्याट राखिएको थियो। पर्थमा, पश्चिमी अष्ट्रेलियाका खेलाडीहरूले पनि कालो हातपट्टी बाँधेर बेनलाई श्रद्धाञ्जली अर्पण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.