निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

डिसी नेपाल
१४ कार्तिक २०८२ ८:५४
24
Shares

ढोरपाटन (बागलुङ)। रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.