मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

डिसी नेपाल
१४ कार्तिक २०८२ १८:४६
32
Shares

गोरखा। मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उनले बताए। ‘भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ। टाउको मात्र देखिएको छ’, उनले भने, ‘उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ।’

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए। ‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्’, उनले भने। घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए। त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.