नेकपा एसका नेता अलगिएपछि झलनाथले भने- सिङ्गो हुनलाई टुक्रा भएको हो

डिसी नेपाल
१५ कार्तिक २०८२ १६:३६
180
Shares

काठमाडौं। माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन्।

पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गरि ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए।

अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाबाट अलग भएका छौ। अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौ हामी एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौ। त्यो भेलामा हामी कसरी भन्ने ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्छौ र अगाडि बढ्छौ।’

उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए।
‘हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ। अरु कम्रेडहरु पनि हुनुन्छ जो हिजो आदरणीय हुनुहुन्थ्यो उहाँहरु संरक्षक हुनुपर्छ। वैचारिक संरक्षण उहाँहरुको हुनेछ र उहाँहरुको वैचारिक संरक्षणमा हामीहरु अगाडि बढ्ने छौ,’ उनले भने।

यस्तै भेलामा सहभागि भएका नेता खनालले सिङगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पूर्नगठन हुनु सामान्य प्रक्रिया भएको बताए।
‘टुक्रा भएपछि सिङ्गो हुन्छ। त्यो सिङ्गो हुनलाई टुक्रा भएको हो। पूर्नगठन, गठन त प्रोसेस हो। आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि गरिएको आजको छलफल हो,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.