श्रीलंका जाने यु–१९ भलिबल टोलीको बिदाइ

डिसी नेपाल
१५ कार्तिक २०८२ १७:३६
16
Shares

काठमाडौं । काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाइ गरिएको छ।

शनिबार नेपाल भलिवल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाई गरेका हुन्।

विदाई कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिवलको राष्ट्रिय कोर्ट नरहेकाले भलिवल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए।

त्यस्तै उहाले बिभिन्न खेलमा अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए।

खेलकुद विकास कोषमा कम्पनीहरुले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे।

त्यस्तै उनले सवै खेलका खेलाडीहरुलाई परिचय पत्र बितरण गर्ने तयारी समेत आफुले गरेको बताए।

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.