पहिरोले हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

डिसी नेपाल
१५ कार्तिक २०८२ २१:४७
108
Shares

बागमती। हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ।

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन्। पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गा झर्ने क्रम नरोकिएकाले समस्या भइरहेको उनले जानकारी दिए। सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.