अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा हिमेश पन्त
काठमाडौं। चर्चित कमेडिएन हिमेश पन्तले काठमार्डौ महानगरपालिकाका मेयर बालेन शाहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन्।
शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए। उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो।
तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवम चर्को आलोचना गरिरहेका छन्।
यबीचमै कमेडिएन पन्तले भने बालेनबाट थुप्रै युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन्। उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन्।
उनले भनेका छन्ः
बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ;
किनभने ऊ बोल्छ, डराउँदैन, र पुरानोलाई हल्लाउने साहस गर्छ।
तर नेतृत्व केवल आवाजको कुरा होइन,
संयम, सोच र समयको पनि कुरा हो।
पुराना नेताहरूले जिम्मेवारीको नाटक गरे,
तर उनीहरुसककग न त backbone थियो, न त vision नै।
अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्याउनु हुँदैन।
किनभने हाम्रो लडाइँ status लेखेर होइन, system बदल्नका लागि हो।
बालेनको हावा status सायद गलत सोचबाट होइन,
गलत तरिकाबाट आएको शब्द थियो।
जनताले कुरा बुझ्न चाहेका थिए, न कि शब्द delete भएको देख्न।
किनकी delete त post मात्रै हुन्छ,
तर आशा delete हुँदैन।
हामीलाई अझै पनि विश्वास छ,
बालेनले directionदेखाउने क्षमता राख्छ।
तर डाइरेशन(direction) दिन चाहने हातले, हावा होइनः
स्थिरता र संयम बोकेर लेख्नुपर्छ।
किनभने अहिले देशलाई चाहिएको नेता
बोल्ने होइन, बुझ्ने र बुझाउने हो।
र नेतृत्वको शक्ति शब्दमा होइन,
आत्मसंयम र दृष्टिमा हुन्छ।







डिसी नेपाल






Facebook Comment