सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो।
त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment