दोलखाकाे ना गाँउ र एलुन रिबोको हिमपहिराेमा परी आठ विदेशी पर्यटक बेपत्ता

डिसी नेपाल
१७ कार्तिक २०८२ १९:१०
28
Shares

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित ना गाउँ र एलुन रिबोको बीचमा हिमपहिरोमा परी आठ जना विदेशी पर्यटक बेपत्ता भएका छन्।

आज बिहान भएको उक्त घटनामा परेका १५ जना मध्ये सात जना सम्पर्कमा आएका छन् भने अन्यको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएकाे छ।

प्रहरी नायव उपरिक्षक मानकुमार महतोका अनुसार आज बिहान नौ बजे ना गाउँबाट पदयात्रामा निस्किएका १५ जना विदेशी पर्यटकमध्ये आठ जना हिमपहिरोपछि सम्पर्कविहीन भएका हुन्।

उद्धार कार्य हेलिकप्टरबाट भइरहेकाेले थप विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक महताेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.