यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री

डिसी नेपाल
१९ कार्तिक २०८२ ११:४७
192
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भएको उल्लेख गर्दै अव सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन्।

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिएपनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफूहरुको अध्याय टुंगिएको उनले बताइन्।

झाँक्रीले अहिले आफूहरु पार्टीबिहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरिन्। अहिलेको एकता प्रक्रियाले वृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन्।

उनले फरक-फरक बिचार राख्ने दलहरु एकैठाँउ आउदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन्।  उनले समाजवादी पार्टीसँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुगिँएको जानकारी दिइन्।

‘यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामी सँग केहि जिम्मेवारी हरु थिए। त्यही कारणले गर्दा त्यो यात्रा बीचैमा टुंग्याउन सकेका थिएनौं तर आज यो यात्रा टुंगिएको छ। तर यात्रा टुगिँने गर्दा हामी एक हिसाबले खुशी नै छाैं,’ उनले भनिन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि सकिएको बताइन्। उनले समाजवादी पार्टी सँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गरिन्।

‘नेकपा एकीकृत समाजवादी पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ। समाजवादी पार्टी सँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुंगियो। त्यो पार्टी सँगको यात्रा टुंगिसके पछाडि हाम्रो रोकिएको अवस्था हो। हामी भित्रपनि धेरै आइडियाहरु छ। हामी सँग पनि थुप्रै साथिहरु छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदैछ,’उनले भनिन्।

नेतृ झाँक्रीले समाजवादी पार्टी, दल भित्रका अन्तरिक लोकतन्त्रहरु खँुम्चिएको बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विर्सजन गर्ने बनाएको पनि बताइन्।

‘समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दल भित्रका अन्तरिक लोकतन्त्रहरु पनि खुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्याउन सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ। तर समयले पार्टी विर्सजन गर्ने बनायो,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.