वैज्ञानिक सोच, प्रविधिको विकास र आध्यात्मिक चेतना
२१औँ शताब्दी विज्ञानको युग हो। प्रविधिको विकासले मानव जीवन सहज, द्रुत र सुविधा सम्पन्न बनाएको छ। तर, वैज्ञानिक सोचले मात्र मानिसलाई सन्तुलित, सुखी र समर्पित बनाउन सक्दैन जबसम्म त्यसमा आध्यात्मिक चेतनाको समावेश हुँदैन।
वैज्ञानिक सोचले प्रकृति बुझ्ने, प्रयोग गर्ने र समस्याको समाधान गर्ने क्षमता दिन्छ भने अध्यात्मले आत्मा चिन्ने, प्रेम, सहिष्णुता र नैतिकता जस्ता मूल्यमा दृढ गराउँछ।
आजको विज्ञान र प्रविधिको युगले मानव सभ्यतालाई अद्भुत उन्नतिमा पुर्याएको छ। तर प्रविधि र भौतिकताले मात्रै विश्व कल्याण सम्भव छैन, यदि त्यो नैतिक मूल्य र आत्मचेतनाविहीन छ भने। यिनै चुनौतीहरू समाधान गर्न “वैज्ञानिक अध्यात्म” एक सशक्त उपायको रूपमा प्रस्तुत हुन्छ- जसले विज्ञानको तर्कशीलता र अध्यात्मको आत्मबोधलाई एकसाथ जोड्दछ।
वैज्ञानिक अध्यात्म भन्नाले धर्म वा ध्यान मात्र होइन, विज्ञानको प्रमाणित ज्ञानसँग जीवन मूल्य र आन्तरिक चेतनाको समन्वय हो। यसले मानिसलाई कस्तो सोच राख्ने भन्ने विवेक पनि दिन्छ।
जब व्यक्ति वैज्ञानिक दृष्टिकोणसँगै आत्मिक अनुशासनमा पनि समर्पित हुन्छ, तब उसले आफ्नो कर्मलाई केवल लाभको लागि होइन, मानवता र विश्वको हितका लागि प्रयोग गर्न थाल्दछ।आज विश्वमा जलवायु संकट, युद्ध, लोभ र असमानताजस्ता समस्याहरूको समाधान गर्न प्रविधि मात्र होइन, मूल्य–आधारित दृष्टिकोण आवश्यक छ। त्यसैले, वैज्ञानिक अध्यात्मको अभ्यासले व्यक्ति, समाज र राष्ट्रलाई सन्तुलित, समर्पित र सेवा-मुखी बनाउँछ।
आजको वैज्ञानिक युगमा प्रविधिको चमत्कारले संसारलाई बदलिरहेको छ, तर त्यसैसँग नैतिकता, मानवता र आध्यात्मिकता कमजोर भइरहेजस्तो देखिन्छ। यस्तो अवस्थामा वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको समन्वय अत्यावश्यक छ।
वैज्ञानिक अध्यात्म भन्नाले ज्ञान, तर्क र प्रयोगका साथ आत्मबोध, करुणा र नैतिक मूल्यहरूको समिश्रण हो। जब विज्ञान आत्मकेन्द्रित नभई मानवकेन्द्रित हुन्छ, तब त्यो साँचो अर्थमा कल्याणकारी बन्छ।
अध्यात्मले मनलाई स्थिर बनाउँछ, प्रेम, सहिष्णुता र सेवा भाव जगाउँछ; विज्ञानले समस्याको समाधान खोज्छ र जीवनलाई सहज बनाउँछ। यी दुईको समन्वयले व्यक्तिमा विवेक, उत्तरदायित्व र वैश्विक दृष्टिकोण विकास गराउँछ। यिनै विशेषताले विश्वमा शान्ति, सहअस्तित्व र पर्यावरण सन्तुलन सम्भव बनाउँछ।
आजको युगमा आवश्यकता छ- युवाहरूमा वैज्ञानिक अध्यात्मिक चेतनाको जागरण, जसले उनीहरूलाई केवल दक्ष होइन, मूल्यवान र विवेकशील पनि बनाओस्। जब चेतनशील व्यक्ति समाजमा नेतृत्व गर्छ, तब राष्ट्र र विश्वको रुपान्तरण सम्भव हुन्छ।यसैले वैज्ञानिक अध्यात्मको विकास कुनै धर्मविशेषको विषय होइन, यो त मानव सभ्यताको उन्नयनका लागि साझा सूत्र हो, जसले जीवनमा सन्तुलन, समाजमा शुद्धता, र विश्वमा शान्ति ल्याउने प्रेरणा प्रदान गर्छ।
अध्यात्मले मानव चेतनाको जागृतिसँग सम्बन्ध राख्दछ, जसले शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजीलाई सम्बोधन गर्छ। यो हिंसा र कृत्रिम वादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ।
प्रमुख बौद्धिक व्यक्तिहरू जस्तै अल्वर्ट आइन्स्टाइन, इमानुयल कान्ट, एपिजे अब्दुल कलाम र बाराक ओबामाले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्त्व स्वीकारेका छन्। आइन्स्टाइनले अध्यात्मबिनाको विज्ञानलाई कमजोर भनेका छन्, र अध्यात्म र विज्ञानको संयुक्त दृष्टिकोणलाई आवश्यक ठानेका छन्।
अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ। आत्मालाई परमात्माको अंश मानिन्छ। आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन-मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।
म को हुँ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ। यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ।
जब व्यक्ति वैज्ञानिक तर्कशीलता र आध्यात्मिक भावनाको सन्तुलनमा अघि बढ्छ, तब नैतिक, जिम्मेवार र संवेदनशील पनि बन्छ। यस्तो व्यक्तिको सोचले मात्र साँचो शान्ति र समृद्धि सम्भव बनाउँछ।
आज विश्वमा भौतिक उन्नति त देखिन्छ, तर मानसिक अशान्ति, संघर्ष र असहिष्णुताले मानवता संकटमा छ। यस समस्याको समाधान वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको साझा प्रयोगबाट मात्र सम्भव छ।
विद्यालयदेखि नीति निर्माण तहसम्म, यो समिश्रित दृष्टिकोणले व्यक्तिको विवेक, समाजको स्थायित्व र राष्ट्रको समृद्धि सम्भव बनाउँछ। विज्ञानले साधन दिन्छ, तर अध्यात्मले त्यसको सदुपयोग गर्ने दिशा दिन्छ।यसैले, शान्ति र समृद्धिका लागि वैज्ञानिक सोच र आध्यात्मिक चेतना नै आजको युगको अपरिहार्य सूत्र हो।
भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन। अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ।
मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरुपमा राख्न सकिन्छ। मानिसको स्वरुप हो आत्मा । आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिँदैन। हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ। अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन। भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।
जब व्यक्ति वैज्ञानिक तर्कशीलता र आध्यात्मिक भावनाको सन्तुलनमा अघि बढ्छ, तब नैतिक, जिम्मेवार र संवेदनशील पनि बन्छ। यस्तो व्यक्तिको सोचले मात्र साँचो शान्ति र समृद्धि सम्भव बनाउँछ।आज विश्वमा भौतिक उन्नति त देखिन्छ, तर मानसिक अशान्ति, संघर्ष र असहिष्णुताले मानवता संकटमा छ। यस समस्याको समाधान वैज्ञानिक सोच र आध्यात्मिक चेतनाको साझा प्रयोगबाट मात्र सम्भव छ।
विद्यालयदेखि नीति निर्माण तहसम्म, यो समिश्रित दृष्टिकोणले व्यक्तिको विवेक, समाजको स्थायित्व र राष्ट्रको समृद्धि सम्भव बनाउँछ। विज्ञानले साधन दिन्छ, तर अध्यात्मले त्यसको सदुपयोग गर्ने दिशा दिन्छ।यसैले, शान्ति र समृद्धिका लागि वैज्ञानिक सोच र आध्यात्मिक चेतना नै आजको युगको अपरिहार्य सूत्र हो।
( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
















Facebook Comment