अहिले हाम्रो संविधान कठिन अवस्थामा छ : महेन्द्र राय यादव

डिसी नेपाल
१९ कार्तिक २०८२ १७:२१
12
Shares

काठमाडौं । नेता महेन्द्र राय यादवले अहिले संविधान कठिन रहेको बताएका छन्।

बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन्।

उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए। उनले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताए।

‘अहिले संविधान बहुत कठिन अवस्थामा छ यो अवस्थाबाट बचाउ गर्नको लागि स्वार्थी पूर्ण देशमा पुर्नउठानवादी शक्तिहरु प्रतिगामी शक्तिहरु सलबाई रहेका छन्। उसको उदेश्य नेपालको संविधानलाई समाप्त गर्ने, उलंघन गर्ने छन्। यो देशमा भएको उपलब्धिलाई सार्वजनिक गर्नको लागि कम्युनिष्ट पार्टी हामी यो १० पाण्ड्व त ५ भैदियो हामी त यहाँ १० भाई खडा भएका छौँ। अब हाम्रो जित निश्चित छ । त्यसैले यो सबै न्यायको लडाई हो,’ उनले भने।

उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पुर्‍याउनुपर्ने भन्दै जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइदिएको बताए।

‘अब अहिलेको समय मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पुर्‍याउनुपर्ने हुन्छ। जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइ सकेको छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.