एन्फा प्रेसिडेन्ट कपः चित्लाङ फुटबल क्लबको विजयी सुरुवात, दोस्रो खेल बराबरीमा टुंगियो

डिसी नेपाल
१९ कार्तिक २०८२ १८:५७
44
Shares

हेटौँडा । बुधबारदेखि मकवानपुरको हेटौँडामा सुरु भएको एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब, काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ।

हेटौडा–६, गौरीटार रंगशालामा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई एकतर्फी प्रदर्शनसहित ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

चित्लाङका लागि चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरेका थिए भने, देउरालीका रामचन्द्र वजीले एक मात्र गोल फर्काए। उत्कृष्ट प्रदर्शनका लागि चित्लाङका जय गुरुङलाई म्यान अफ द म्याचघोषित गरिएको थियो।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुँदैछ । लिग–कम–नकआउट प्रणालीमा आधारित प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैबीच, आजै सम्पन्न दोस्रो खेलमा विजय युवा क्लब र लालिगुराँस संघ क्लब, गोरहीबीचको खेल ०–० बराबरीमा टुंगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.