बिहीबार कस्तो रहला देशभरको मौमस?

डिसी नेपाल
२० कार्तिक २०८२ ७:५०
44
Shares

काठमाडौं। हाल नेपालको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.