आज तरकारी तथा फलफूलको मूल्य कति ?

डिसी नेपाल
२० कार्तिक २०८२ ८:५४
32
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ५५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ९० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १५० रुपैयाँ, मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, तीतो करेला प्रतिकिलो ९० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १२० रुपैयाँ, चमसुर प्रतिकेजी १२० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, मेथीको साग प्रतिकिलो १५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २८० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो ३५० रुपैयाँ, पार्सले प्रतिकिलो ४३० रुपैयाँ, सौफको साग प्रतिकिलो १२० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ र किबी प्रतिकिलो २४० रुपैयाँ निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *