विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीका कोचलाई भारतले भिसा दिएन
काठमाडौं । भारतमा हुने विश्वकप प्रतियोगिता खेल्न जाने नेपाली महिला दृष्टिविहीन क्रिकेट टोलीका कोच मसूद जानलाई भारतले भिसा दिन अस्वीकार गरेको छ ।
मसूद जान पाकिस्तानी हुन् । उनलाई पाकिस्तानी भएकै कारण भारतले भिसा दिन अस्वीकार गरेको पाकिस्तानी समाचार आउटलेटहरुले दाबी गरेका छन् ।
विश्वकप नोभेम्बर ११ देखि सुरु हुँदैछ । प्रतियोगितामा पाकिस्तान पनि सहभागी भएकोले खेलहरु हाइब्रिड मोडलमा आयोजना हुनेछन् । पाकिस्तानले आफ्ना खेलहरु भारतमा खेल्ने छैन । तर, नेपालका खेलहरु भने भारतमै हुने निर्धारित तालिका छ ।
टोलीले भारतमा खेल्ने भएपछि कोच पनि भारतमै हुनुपर्नेछ तर मसूदलाई भिसा नदिइएपछि प्रतियोगितामो मुखमा क्रिकेट टोली र कोच दुवै अप्ठ्यारोमा परेका छन् ।
पाकिस्तान दृष्टिविहीन क्रिकेट परिषदले भिसा नदिइनुलाई खेदजनक भन्दै चिन्ता व्यक्त गरेको छ । मसूद पाकिस्तानको राष्ट्रिय दृष्टिविहीन टोलीबाट खेलिसकेका खेलाडी हुन् । उनलाई दृष्टिविहीन क्रिकेटमा प्रतिष्ठित खेलाडी मानिन्छ ।







डिसी नेपाल








Facebook Comment