धान उत्पादनमा वृद्धि

डिसी नेपाल
२१ कार्तिक २०८२ १२:२४
8
Shares

चितवन। जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो।

कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो। यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ। बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो। जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उनले बताए।

गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो। जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरु लगाइएको थियो। समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.