देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्छः केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनः स्थापना हुनै पर्ने बताएका छन्।
एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनः स्थापना हुनै पर्ने बताएका हुन्।
उहाले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागका साथ सबै आन्दोलित हुनुपर्ने र संसद पुनःस्थापनाको मागलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकार गठनका समयमा पनि आफुले संवैधानिक तवरबाट अघि बढ्न राष्ट्रपतिलाई पत्र लेखेको उल्लेख गरे।
सरकार गठनका लागि शितल निवासमा भएको छलफलमा एमालेका कुनै प्रतिनिधि सहभागी नभएकाले पूर्व प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनमा एमाले पूर्ण बिमती रहेको उनले दोहोर्याए।
अध्यक्ष ओलीले तोडफोड र आगजनीको बलमा निर्माण भएको सरकारको पछिल्लो गतिविधि समेत असंवैधानिक रहेको आरोप लगाए। उनले बेठिक तत्वसंग नझुकेको एमाले दुई दिनको आन्दोलनको बलमा निर्माण भएको असंवैधानिक सरकारसंग समेत नझुक्ने तर्क गरे।







डिसी नेपाल








Facebook Comment