‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा प्रधानमन्त्री (तस्बिहरू)
काठमाडौं । उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकार प्रतिनिधि सहभागी भएका छन्।
देशको समग्र आर्थिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिती र आगामी आर्थिक कार्यदिशा तय गर्ने उद्देश्यले महासंघले दोस्रो श्रृंखलाको यो बहस शनिबार आयोजना गरेको हो।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा लगायत मन्त्रीहरूको सहभागी छन्।
कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुखहरू, साथै निजी क्षेत्रका संघ–संस्थाका पदाधिकारीहरू समेत सहभागी रहेको महासंघले जनाएको छ।








डिसी नेपाल








Facebook Comment