महिला विश्वकप फाइनलको दर्शक संख्याले रेकर्ड तोड्यो
काठमाडौं । पूर्व भारतीय कप्तान मिताली राजले आईसीसी महिला क्रिकेट विश्वकपको फाइनल खेलमा रेकर्ड दर्शक संख्याप्रति प्रतिक्रिया दिएकी छिन्।
मिताली राजले भनिन् , “यी संख्याहरू आत्मविश्वास, प्रगति र गौरवको प्रमाण हुन्। भारतमा २०२५ को महिला विश्वकप फाइनल १८ करोड ५० लाख मानिसहरूले हेरेका थिए। यो २०२४ को पुरुष टी-२० विश्वकप फाइनलको दर्शक संख्या बराबर हो।”
पूर्व भारतीय कप्तानले महिला विश्वकपलाई नयाँ उचाइमा पुर्याउन गरेको प्रयासको लागि आईसीसी र यसका अध्यक्ष जय शाहलाई धन्यवाद दिइन्।
मिताली राजले भनिन्, “मलाई गर्व छ कि यो खेलकुदको लागि एक रोमाञ्चक नयाँ युगको सुरुवात हो।”
आइसीसीले शुक्रबार महिला क्रिकेट विश्वकपको फाइनलले दर्शक संख्याको हिसाबले अघिल्लो पुरुष टी-२० विश्वकपको फाइनलको बराबरी गरेको घोषणा गरेको छ।
आइसीसीले भन्यो, “जियो डटस्टारलेले रिपोर्ट गरेकोअनुसार १८ करोड ५० लाख दर्शकहरूले फाइनल खेल हेर्न एप प्रयोग गरेका थिए, जुन आइसीसी पुरुष टी-२० विश्वकप २०२४ को फाइनलको दर्शक संख्या बराबर हो।”
थप रूपमा, ९ करोड २० लाख दर्शकहरूले कनेक्टेड टिभीमा खेल हेरे, जुन २०२४ को पुरुष टी-२० विश्वकप फाइनल र २०२३ को पुरुष एकदिवसीय विश्वकप फाइनलको सीटीभी दर्शक संख्यासँग तुलना गर्न सकिन्छ।
भारतीय कप्तान हरमनप्रीत कौरले लिएको निर्णायक क्याच खेलको सबैभन्दा धेरै हेरिएको क्षण थियो, जसको दर्शक संख्या २ करोड १० लाख पुगेको थियो।







डिसी नेपाल








Facebook Comment