मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

डिसी नेपाल
२३ कार्तिक २०८२ ८:२४
40
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ । हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए ।

सोनलले हिजो राती नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईृ राजीनामा पत्र पनि बुझाएका थिए ।

सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.