ऊर्जा र आवासीय क्षेत्रहरूमा रूसी आक्रमणमा छ जनाको मृत्यु

डिसी नेपाल
२३ कार्तिक २०८२ १०:२४
12
Shares

काठमाडौं । रुसले शुक्रबार राति युक्रेनी ऊर्जा प्रतिष्ठान र आवासीय क्षेत्रहरूमा सयौं क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ, जसमा कम्तिमा छ जनाको मृत्यु भएको छ।

डिनिप्रो शहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् भने जापोरिजियामा तीन जनाको मृत्यु भएको छ।

रुसले युक्रेनको राजधानी कीभ सहित २५ क्षेत्रहरूलाई निशाना बनाएको थियो। यी आक्रमणहरू पछि, धेरै क्षेत्रहरूमा बिजुली काटिएको थियो।

प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले टेलिग्राममा पोल्टाभा, खार्किभ र कीभ क्षेत्रका प्रमुख विद्युत प्रतिष्ठानहरूमा क्षति पुगेको र विद्युत पुनःस्थापना गर्ने प्रयास भइरहेको बताएकी छन्।

यसैबीच, रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले हिजो राति ७९ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।

युक्रेनी वायुसेनाको अनुसार, रुसले ४५० भन्दा बढी बमवर्षक ड्रोन र ४५ वटा मिसाइल प्रहार गरेको थियो। जसमध्ये नौ वटा मिसाइल र ४०६ ड्रोन खसालिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.