लगातार ८ छक्का प्रहार गर्दै प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड

डिसी नेपाल
२४ कार्तिक २०८२ ११:१५
5.7k
Shares

काठमाडौं । मेघालयका क्रिकेटर आकाश कुमारले प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड बनाएका छन्। उनले यो उपलब्धि केवल ११ बलमा हासिल गरेका छन्।

सुरतमा खेलिएको अरुणाचल प्रदेश विरुद्धको रणजी ट्रफीको प्लेट ग्रुप खेलमा आकाश कुमारले यो उपलब्धि हासिल गरेका हुन् । आकाशले आफ्नो इनिङमा कुल १४ बल खेले र ५० रन बनाए।

उल्लेखनीय कुरा के छ भने उनले यस इनिङमा लगातार आठ छक्का प्रहार गरे, जसले गर्दा प्रथम श्रेणीको क्रिकेटमा लगातार आठ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने।

यस खेलको पहिलो इनिङमा मेघालयले ६ विकेट गुमाएर ६२८ रनमा आफ्नो इनिङ घोषणा गरेको थियो। जवाफमा अरुणाचल प्रदेशको पहिलो इनिङ केवल ७३ रनमा समेटियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.